मुख्यमन्त्री राउत पर्सा–१ ‘ख’बाट सिफारिस

वीरगन्ज – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा. लालबाबु राउतलाई पर्सा क्षेत्र नम्बर–१ को ‘ख’बाट प्रदेशसभा सदस्यका लागि उमेदवार सिफारिस गरेको छ । गत निर्वाचनमा पनि जसपाले उनलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नम्बर–१ को ‘ख’बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए ।
उपेन्द्र यादव पर्सा–४ बाट सिफारिस
आसन्न संघीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।
पर्सा पार्टी सचिव आलमले जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नक्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताए । रासस
तपाइँको प्रतिक्रिया