टिकटक बनाउँने क्रममा भीरबाट खसेका युवकको मृत्यु

दाङ – टिकटक बनाउँने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुर ७ का ३४ वर्षीय नविन केसी रहेका छन् ।
शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ-सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा केसी तुलसीपुर -३ साततलेमा टिकटक बनाउन गएका थिए । सोही क्रममा क्रममा राति ९ बजे भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्याइएका उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ।
तपाइँको प्रतिक्रिया