अटोमोवाइल्स साकोसको दशौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा काफ्ले

भरतपुर – अटोमोवाइल्स बचत तथा ऋण सहकारी सस्था लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका ३ स्थित अटोमोवाइल्स बचत सहकारीको दशौं वार्षिक साधारणसभा आज (शनिबार) नारायणगढमा सम्पन्न भएको हो ।
साधारणसभाले कृष्ण प्रसाद काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पदमनाथ न्यौपाने, सचिवमा सुनिल देवकोटा, कोषाध्यक्षमा मनोज खनाल चयन हुनु भएको छ ।
समितिको सदस्यहरुमा दिपक कुमार रानाभाट, सागर पौडेल, टुंग बहादुर श्रेष्ठ, दिनेश प्रसाद पाठक, शैलेन्द्र कुमार श्रेष्ठ, अन्जु श्रेष्ठ, सुनिता लिगल कर्माचार्य रहनु भएको छ ।
यसैगरी साधारणसभाले ज्ञानुप्रसाद न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ । समितिको सदस्यमा कमल मानन्धर र माधव प्रसाद न्यौपाने रहनु भएको छ ।
कार्यक्रममा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक सदस्य तेजेन्द्र बहादुर खड्का प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले कुनै पनि सहकारी नीति, विधि र प्रविधि अनुसार संचालन हुनुपर्ने बताउनुभयो ।
उहाले कतिपय सहकारीहरु सहकारीको मर्म विपरित संचालन भएको वताउँदै सरकारी क्षेत्रवाट अनुगमन र नियमन गरिनुपर्ने वताउनुभयो । सहकारीको माध्यमबाट समृद्धि सम्भव भएको वताउँदै खड्काले सहकारीको माध्यमवाट सदस्यहरु आत्मनिर्भर र स्वावलम्वि बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।
अटोमोवाइल्स बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष भिमलाल न्यूरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, चितवन जिल्ला सहकारी संघका सदस्य विष्णु प्रसाद वास्तोला, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिश्चन्द्र सुवेदी, भरतपुर १ का वडाध्यक्ष केशव महर्जन, चितवन अटोमोवाइस्स एशोसिएसनका अध्यक्ष कृष्ण प्रसाद भण्डारीलगायतले वोल्नु भएको थियो ।
कार्यक्रम संचलक समेत गर्नु भएका सचिव पदमनाथ न्यौपानेले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा आगामी कार्यकालको भावि कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया