एमालेबाहेक कुनै पार्टीसँग एक्लै चुनाव लड्ने हिम्मत छैन : पौडेल

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अरू कुनै पनि पार्टीसँग आफ्नो मात्र खुट्टामा उभिएर एक्लै चुनाव लड्ने हिम्मत नभएको बताएका छन् ।शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा एमालेले लोकप्रिय मत ल्याएको जिकिर गरे । गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिस्पर्धा गरे पनि त्यो असफल हुने उनको भनाइ छ ।
आसन्न निर्वाचनमा आफूहरूले एक्लै प्रतिस्पर्धा गर्ने भन्दै उनले निर्वाचनपछि सके बहुमतको नभए सबैभन्दा ठूलो दलका रूपमा एमालेले सरकारको नेतृत्व गर्ने जिकिर गरे ।नेता पौडेलले गठबन्धनले एमालेविरुद्ध विभिन्न भ्रमहरू सिर्जना गरेको भन्दै त्यस्ता भ्रमलाई चिर्नका लागि कार्यकर्तालाई निर्देशन पनि दिए ।
तपाइँको प्रतिक्रिया