चितवन – चितवनको भरतपुर महानगरपालिका खेलकुदको क्षेत्रमा लगानी गर्ने देशकै उत्कृष्ट स्थानीय तह घोषित भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवको अवसरमा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजना कार्यक्रममा भरतपुर महानगरलाई खेलकुदको क्षेत्रमा देशकै उत्कृष्ट पालिका घोषित गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद्का संरक्षक शेर बहादुर देउवाले भरतपुरलाई उत्कृष्ट बर्ष स्थानीय निकाय छनौटमा पर्न सफल भएकोमा बधाई दिए । देशका सात सय ५३ स्थानीय तह मध्ये भरतपुर महानगरपालिकाले खेल क्षेत्रको बिकासका लागी धेरै बजेट विनियोजन गरेको थियो । भरतपुर महानगरले
भरतपुरमा देशकै पहिलो अन्तराष्ट्रिय रंगशाला निर्माणाधिन अवस्थामा रहेको छ । भरतपुर १६ रामपुरमा गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले कृषि तथा वन विश्वविद्यालयको स्वामित्वमा रहेको २० विगाहा आठ कट्ठा जग्गा उपलब्ध गराएको थियो ।
धुर्मुस सुन्तली फाउण्डेशनले उक्त रंगशाला निर्माण परियोजना अघि सारेको हो । आर्थिक स्रोत जुटाउन नसकेपछि फाउण्डेशन उक्त परियोजनाबाट पछि हटेको थियो । रंगशाला निर्माण कार्य अघि बढाउन भरतपुर महानगरले संघीय सरकारसँग आग्रह गरेको छ । रंगशाला निर्माणका लागि भरतपुर महानगरले मात्रै आठ करोड रुपैयाँ नगद सहयोग गरेको थियो।
यस्तै महानगरले एक वडा एक खेल मैदान अन्तर्गत बिभिन्न वडामा मैदान निर्माण तथा स्तोरन्नती गरिरहेको छ । यस्तै गत वर्ष मात्रै भरतपुरमा सम्पन्न राष्ट्रिय महिला फुटबल लिगको पहिलो चरणका लागि महानगरले २० लाख रुपैयाँ सहयोग गरेको थियो । यस बाहेक महानगरले खेल क्षेत्रको बिकासका लागि बिभिन्न कार्यक्रम तथा खेलाडीहरुलाई सम्मान गर्दै आएको छ ।