नेपालमा आज कोरोनाबाट २ जनाको मृत्यु, २ सय संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाईरसको सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म महामारीमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् ।त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय जनामा सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिबाट थप ३३९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६४२ पुगेको छ । त्यस्तै, २ लाख ९७ हजार ११५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
तपाइँको प्रतिक्रिया