गगनको दाबी : निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।
प्रशासन व्यवस्थापन र विकास केन्द्रले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । सत्तारूढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको उनको भनाई थियो।
उनले केही दिन भित्र गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा टुंगो लाग्ने विश्वास समेत व्यक्त गरे। महामन्त्री थापाले गठबन्धन दलहरूबीच सिट बाँडफाँट टुंगिने बित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने पनि बताए।
‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिन पछि निर्वाचनको तयारीमा जुट्दैछौं। अहिले त अब गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने ? त्यसको तालमेल मिलाउँदैछौं। अहिले सम्पूर्ण ध्यान त्यसमा छ,’ उनले भने, ‘केही दिन पछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ। त्यसपछि चुनावी अभियान सुरू हुन्छ। यो पटक निर्वाचन पनि जित्छौं हामी। हाम्रै नेतृत्वमा सरकार पनि बन्छ। त्यसमा पनि कुनै अलमल भएन।’
तपाइँको प्रतिक्रिया