चितवनका रविनले अफगानिस्तान पठाईदिन्छु भनि आठ लाख ठगे, प्रहरीद्धारा पक्राउ

चितवन – ‘वर्किङ भिसा’ मा अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन घई भई हाल काठमाडौंमा राप्ती प्लेसमेन्ट सर्भिस सञ्चालन गर्दै आएका रविन अधिकारी रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
चितवन स्थायी घर भएका अधिकारी टीका विश्वकर्मालाई वर्किङ भिसामा अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगेर फरार भएका थिए । उनले पीडितलाई अफगानिस्तान पुगेपछि १ लाख बढी तलब हुने भन्दै प्रभावमा पारेका थिए ।
पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले कार्यालयलाई पत्राचार गरेको आधारमा अभियुक्तलाई बिहीबार बसुन्धराबाट पक्राउ गरेको कार्यालयले जनाएको छ । अभियुक्तलाई कारबाहीका लागि विभागमा बुझाइएको पनि कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया