काठमाडौं – कक्षा १२ को नतिजा आज (शुक्रबार) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले केहीबेरमा बोर्डको बैठक बस्ने र नतिजा सार्वजनिकको निर्णय हुने जनाए । बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गर्ने व्यवस्था छ ।
आज ५ बजेपछि नतिजा सार्वजनिक हुने सम्भावना रहेको अर्यालले बताए । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डले मंगलबारदेखि नै नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि रुजु गर्न समय लागेको थियो ।परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।