मानव वेचविखन तथा लैगिंक हिसां जघन्य अपराध हो : उपप्रमुख अधिकारी

भरतपुर – भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले मानव वेचविखन तथा लैगिंक हिसां जघन्य अपराध भएको बताउनु भएको छ । उपप्रमुख अधिकारीले भन्नू भयो, मानव मानबका बिचमा हुने यस्ता गतिविधि तथा क्रियाकलापहरु जघन्य अपराध हुन् ।
मानव वेचविखन तथा लैगिंक हिसांका विरुद्धमा काम गर्दै आएको संस्था चेली नेपालको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनलाई शुक्रबार भरतपुरमा उद्घाटन गर्दै उपप्रमुख अधिकारीले समाजमा हुने यस्ता अपराधहरुलाइ सबै मिलेर न्यूनीकरण गर्नुको विकल्प नरहेको पनि प्रष्ट पार्नुभयो।
मानव वेचविखन तथा लैगिंक हिसांकै कारण समाजमा दैनिक जसो अपराधिक क्रियाकलापहरु बढेदै गएको उप प्रमुख अधिकारीको भनाइ छ । उहाँले मानव बेचबिखन र लैङगिक हिसा रहित समाज निर्माण गर्नुपर्नेमा समेत जोड दिनु भयो ।
मानव बेचबिखन कार्यमा महिलाहरुकै बढी सलग्नता रहने गरेको विभिन्न सघ सस्थाहरुको अध्ययनले देखाएको छ उप प्रमुखले भन्नू भयो, महिलाबाट महिला माथी गरिने व्यबहारको बारेमा पनि आवाज उठाउनु पर्ने अवस्था आएको बताउनु भयो । सस्थाले भरतपुर महानगरपालिका र कालिका नगरपालिकालाई आफ्नो कार्य क्षेत्र बनाइ काम गर्दै आएको छ ।
चेली नेपालले मानव बेचबिखन तथा लैङगिक हिसामा परेका तथा उच्च जोखिममा रहेका चेलिहरुलाइ मनोसामाजिक परामर्श, व्यावसायिक सीप र सामाजिक नेतृत्व बिकास तालीम प्रदान गर्दै समाजमा सम्मानित जिवनयापनको सुनिश्चितता प्रदान गर्दै आइरहेको छ ।
यसका अलवा लैङगिक हिसा र बेचबिखन प्रभावित तथा उच्च जोखिममा रहेका चेलिहरुको सशक्तीकरण, व्यावसायिक पुनर्स्थापना एव शिक्षाको अवसरको सृजना गरि उनिहरुकै सक्रियतामा सामाजिक बिकास तथा चेतनाको अभिबृदी गर्ने काम गर्दै आएको छ ।
सस्थाले सिलाइ कटाइ, ब्युटिसियन तालीम, सामाजिक नेतृत्व बिकास लगाएतका तालिमहरु पनि सन्चालन गर्दै आएको छ । सस्थामा हाल १६ बर्ष माथिका ४० जना चेलीहरुले आश्रय लिइरहेका छन ।
कार्यक्रममा आर्थिक बर्ष २०७८/७९ को प्रगतिप्रतिवेदन र भावी कार्यक्रम तथा बजेटको बारेमा सस्थाका कार्यकारी निर्देशक एलिसन सापकोटा र कल्पना सेन्चुरिले आर्थिक प्रतिबेदन पनि प्रस्तुत गर्नु भएको थियोे ।
सामाजिक सघ सस्थाहरुको प्रतिनिधित्व गर्दै यौनजन्य हिसा विरुद्ध साझा अभियानका सयोजक सगिता भट्टराईले नेपालमा चेलिहरुको अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियोे । कार्यक्रममा विभिन्न बहानामा बिदेशमा लगेर ठगि गरिएका चेलिहरुले आ आफ्नो कथा र ब्यथा प्रस्तुत गरेका थिए ।
तपाइँको प्रतिक्रिया