चितवनमा डेङ्गु र जापानिज इन्सेफ्लाइटिस फैलिने जोखिम, सतर्कता अपनाउन आग्रह

एटुजेड समाचार

चितवन – चितवनमा डेङ्गु, जापानिज इन्सेफ्लाइटिस, स्क्रफटाइफसलगायत सरुवा रोग संक्रमणको जोखिम बढेको छ ।

वर्षायामसँगै बिभिन्न सरुवा रोगको जोखिम बढेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनमा मात्रै जिल्लाभर ७६ जनामा डेङ्गु पुष्टि भइसकेको छ ।

यस्तै गत आवको पौष दोस्रो हप्तादेखि हालसम्म नौं जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भइसकेको छ । यि रोगको संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यि रोगबाट बच्नका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान चलाउन सबै स्थानीय तहलाई सुझाव दिएको छ । यस्तै घर वरपर पानी जेम्ने खाल्डा खुल्डी पूर्न, झाडी सफा गर्न, सुत्ने बेला झुलको प्रयोग गर्न, लामो बाहुला भएको कपडा लगाउन, संगुर, बुंगुर, हाँस जस्ता पशु पंक्षी व्यवस्थित तरिकाले घरदेखि टाढा राखेर पाल्न कार्यालयले आग्रह गरेको छ ।

यस्तै स्वास्थ्य मापदण्ड पालना गर्न, पानी उमालेर वा शुद्धिकरण गरेर पिउन, साबुन पानीले हात मिची मिची धुन तथा लक्षण देखिएको नजिकको स्वास्थ्य चौकीमा जान पनि आग्रह गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू