ओलीको गढमा सिटौलाको स्वतन्त्र उम्मेदवारी घोषणा

झापा – आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ बाट छवि छिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष ओलीको गढका रूपमा हेरिएको झापा ५ सिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । पेशाले प्राध्यापक रहेका दमक नगरपालिका १० का स्थानीय सिटौलाले मतदाताले नेताको विकल्प खोजिरहेको भन्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए ।
उनले आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि भएको प्रष्ट पारे ।
तपाइँको प्रतिक्रिया