प्रतिनिधि सभा निर्वाचन: चितवन १ मा एमालेबाट पाण्डे र थपलियाको दावी

चितवन – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य जेएन थपलियाले दावी पेश गरेका छन् ।
आज (शुक्रबार) एमाले क्षेत्रीय समन्वय कमिटिको भेलामा उपाध्यक्ष पाण्डे र केन्द्रिय सदस्य जेएन थपलियाले उम्मेदवार बन्न निवेदन दिएका हुन् । पाण्डेले तेस्रो कार्यकालका लागि प्रत्यक्षतर्फl उम्मेदवारी दिएका हुन् । उनी २०७० र २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए ।
उता थपलिया डोरमणी पौडेल मुख्यमन्त्री हुँदा उनको प्रमुख राजनितिक सल्लाहकार भई काम गरिसकेका छन् । उनी नेकपा एमाले चितवनका पूर्व अध्यक्ष समेत हुन् ।
प्रदेश सभा सदस्यका लागि १ क मा ७ जना र ख ११ जनाले दावी गरेका छन् । प्रदेश १ क मा इमानसिंह लामा, सिंहबहादुर गोले, श्यामलाल विश्वकर्मा, अम्मरबहादुर तामाङ, राजेन्द्रप्रसाद सिवाकोटी, चन्द्रदेवी तामाङ र शुशिला पौडेल थपलियाले निवेदन दिएका छन् ।
त्यस्तै प्रदेश १ ख मा नारायण वन, राजाराम रेग्मी, प्रकाश खनाल, विकास डल्लाकोटी, स्वरुप सुयाँल, मुकुन्द दहाल, प्रेमनाथ दुवाडी, डाक्टर यमुना कडेंल, पूर्णबहादुर डल्लाकोटी, कपिलदेव पोखरेल, प्रताप डल्लाकोटि र गोपी प्रसाद नेपालले निवेदन दिएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचन मंसिर ४ गते हुँदैछ ।
तपाइँको प्रतिक्रिया