चितवन – चितवनमा पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार २४ जनामा पिसिआर परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै कुल संक्रमितको संख्या ३३ हजार ९९६ पुगेको छ ।
सोही अवधिमा ६ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनाबाट निको हुनेको संख्या ३३ हजार ५१८ पुगेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
हाल जिल्लाभर २८ जना मात्रै सक्रिय संक्रमित छन् । उनीहरु मध्ये २६ जना होम आइसोलेसनमा छन् भने दुई जना अस्पतालमा छन् । कोरोनाबाट चितवनमा हालसम्म चार सय ५० जनाले ज्यान गुमाएका छन् ।