चितवनमा बादलसँग प्रतिस्पर्धा बारे प्रश्नमा प्रचण्डले भने: मसँग बादलको तुलना नै हुँदैन

एटुजेड समाचार

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने प्रष्ट परेका छन्।

आज (शुक्रबार) सुर्खेतमा सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । ‘मैले पहिलेदेखि नै भन्दै आएको छु- म चितवन ३ बाटै चुनाव लड्ने हो,’ उनले भने, ‘यसमा प्रष्ट हुनुहोला।’ उनले आफूले चितवन ३ बाहेक अन्य क्षेत्रबाट चुनाव लड्ने कुरा नसोचेको बताए ।

सोही क्रममा उनले एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’सँग आफ्नो तुलनै नहुने समेत बताए । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’सँग प्रतिस्पर्धा हुने भयो हैन त ? भन्ने पत्रकारको प्रश्नमा उनले बादलसँग आफ्नो तुलनै हुन नसक्ने बताए । उनले भने, ‘ ह्या…! तुलना नै नहुने कुरा पत्रकार साथीहरुले नसोध्नुहोस् न ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू