चितवनमा माईक्रो बस दुर्घटना, चालकसहित १६ जना घाइते

चितवन – चितवनको भरतपुरमा माईक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
आज (शुक्रबार) बिहान ७:४५ बजे भरतपुर महानगरपालिका–२९ जुगेडीमा बा ३ ख ४६५४ नम्बरको माइक्रो बस दुर्घटना भएको हो । दुर्घटनामा माइक्रो चालकसहित १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार नारायणगढबाट काठमाडौं आउँदै गरेको माइक्रो बस अनियन्त्रित भइ सडकमा पल्टिएको हो ।
तपाइँको प्रतिक्रिया