म चितवन ३ बाटै चुनाव लड्ने हो : प्रचण्ड

सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने प्रष्ट परेका छन्।
आज (शुक्रबार) सुर्खेतमा सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । ‘मैले पहिलेदेखि नै भन्दै आएको छु- म चितवन ३ बाटै चुनाव लड्ने हो,’ उनले भने, ‘यसमा प्रष्ट हुनुहोला।’ उनले आफूले चितवन ३ बाहेक अन्य क्षेत्रबाट चुनाव लड्ने कुरा नसोचेको बताए ।
उनले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताए । सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै असहमति नभएको दाबी गरे । ‘प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खालको सहमति भएको छ । असहमति भन्ने छैन । त्यसलाई प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रित छ,’ प्रचण्डले भने ।
सोही क्रममा उनले नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत समेत गरे ।
तपाइँको प्रतिक्रिया