प्रतिनिधिसभा निर्वाचन : गोरखा १ बाट प्रचण्डको नाम सिफारिस

गोरखा – नेकपा माओवादी केन्द्रले गोरखा क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्कमल दाहालसहित तीन नेताको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रको बिहीबारको बैठकले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट दाहालसहित केन्द्रीय सदस्य हरिराज अधिकारी र सुशिला सिंखडाको नाम प्रस्ताव गरेको हो । २०७४ को निर्वाचनमा यो क्षेत्रबाट अधिकारी विजयी भएका थिए ।
जिल्लाको प्रस्ताव प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेर अन्तिम निर्णय हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखबहादुर थापाले बताए।
त्यस्तै गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुणामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरिएको थापाले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया