चितवन – नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले चुनावी कमान्डर तोकेको छ।
प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो। बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र सबै केन्द्रीय सदस्यका लागि कार्यक्षेत्र निर्धारण गरेको छ। जसअनुसार नारायण दाहाल, सूर्य सुवेदी पथिक, ईश्वरी भट्टराईलगायत नेताहरू चितवनमा खटिनेछन् ।
माओवादी केन्द्रले चितवनको निर्वाचन क्षेत्रका लागि कमाण्डर तोकेको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ मा कञ्चन खनाललाई कमाण्डर तोकिएको छ । निर्वाचन क्षेत्र २ मा घनश्याम दाहाल, क्षेत्र २ ख मा रणेन्द्र वराइलीलाई कमाण्डर तोकिएको छ ।
अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ का रेनु दाहाललाई कमाण्डर तोकिएको छ । निर्वाचन क्षेत्र ३ क मा गंगा बेलबासे र ठाकुर ढकाल तथा ३ ख मा यम बहादुर परियार र बुद्धी नेपालीलाई तोकिएको छ ।