कान्ति बाल अस्पतालले स्टाफ नर्सका लागि माग्यो आवेदन

काठमाडौं – कान्ति बाल अस्पतालले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालको सघन उपचार कक्ष विस्तारका लागि करार सेवामा कर्मचारी माग गरिएको हो । स्टाफ नर्स (पाचौं तह), स्वास्थ्य, जनरल नर्सिङका लागि दरखास्त आह्वान गरिएको हो ।आजबाट १५ दिनभित्र आवेदन दिन सकिने अस्पतालले सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया