चुनावका लागि १० हजार लौरो किन्दै प्रहरी

काठमाडौं – अर्थ मन्त्रालयले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्रहरीलाई १० हजार लाठी (लौरो) किन्न सहमति दिएको छ ।
१० हजार लाठी र गोली बोक्न प्रयोग गरिने बिन्दुली किन्न अर्थ मन्त्रालयले ३० लाख बजेट स्वीकृत गरेको हो । मन्त्रालयले १० हजार लौरो र बिन्दुली खरिद गर्न बजेट स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए ।
प्रहरी कर्मचारीले कम्मरमा बाँधेर गोली बोक्ने बिन्दुलीमा ५० राउण्ड गोली अट्छ । प्रहरीले नयाँ खरिद गर्ने लाठी म्यादी प्रहरीले बोक्न पाउँदैनन् ।
तपाइँको प्रतिक्रिया