महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले बुझायो मनोरञ्जन कर

एटुजेड समाचार

काठमाडौं – काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ।

आज (बिहीबार) भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई बुझाएको हो । महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो।

मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ। यस्तै फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। उक्त कर भने उनीहरूले वडामा बुझाउनु पर्ने छ।

६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको छ। बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनुपर्ने हुन्छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू