काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।
आज (बिहीबार) बसेको क्षेत्रीय समितिको बैठकले उनलाई उम्मेदवार सिफारिस गरेको हो । खड्का सोही क्षेत्रबाट ०७४ मा एमालेका धुर्वकुमार शाहीसँग पराजित भएका थिए ।
शाही ३६ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए । खड्का बाँके क्षेत्र नं.३ बाट पनि सिफारिस भएका छन् ।