चितवनमा ६ जना कोरोनामुक्त, पाँच नयाँ संक्रमित

एटुजेड समाचार

चितवन – चितवनमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् ।

६ जना कोरोनामुक्त भएसँगै निको हुनेको संख्या ३३ हजार ५१२ पुगेको छ । उता सोही अवधिमा पाँच नयाँ संक्रमित थपिएका छन् । २९ पिसिआरबाट चार तथा तीन एन्टिजेनबाट एक जनामा कोरोना देखिएको हो । यससँगै कोरोनाको कुल संक्रमित संख्या ३३ हजार ९९३ पुगेको छ ।

उनीहरु मध्ये हाल ३१ जनामा मात्रै कोरोना सक्रिय रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । २९ सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने दुई जना अस्पतालमा छन् । कोरोनाबाट हालसम्म चार सय ५० जनाको ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू