‘सक्किगोनि’ का ‘सिते बा’ काठमाडौं ५ बाट चुनाव लड्ने

एटुजेड समाचार

काठमाडौं – चर्चित हाँस्य टेलिश्रृंखलाका ‘सक्किगोनि’ कलाकार मधुसुदन पाठक (सिते बा) काठमाडौंबाट चुनाव लड्ने भएका छन्।

आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका हुन्। पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन्।

ललितपुरमा आज (बिहीबार) भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा पाठक पनि उपस्थित थिए। यो अभियानको संयोजक सुमन सायमि छन्।

स्वतन्त्रहरूले एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू