सामूहिक हत्याका अभियुक्त आलम संघीय संसद्काे उम्मेदवार सिफारिस

रौतहट – सामूहिक हत्या तथा विस्फाेटक पदार्थ अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम रौतहट– २ बाट उम्मेदवारका रूपमा सिफारिसमा परेका छन् ।
आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि उनी संघीय रौतहट– २ बाट संसद उम्मेदवारका सिफारिसमा परेका हुन् । कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले उनको नाम सिफारिस गरेको हो ।
अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ । उनीसँगै अन्जु झाको पनि नाम सिफारिसमा परेको छ ।
तपाइँको प्रतिक्रिया