निलम्बित प्रधानन्यायाधीश जबरासँग दोस्रो दिनको बयान लिन सुरु

काठमाडौं – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग दोस्रो दिनको बयान लिन सुरु गरेको छ ।
सिंहदरवारस्थित संसद सचिवालय भवनमा सिफारिस समितिले जबरासँग दोस्रो दिन बयान लिन सुरु गरेको हो ।जबरा निर्धारित समयभन्दा आधाघण्टा ढिलो समितिमा उपस्थित भएसँगै दोस्रो दिनको बयान सुरु भएको हो ।
बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो । त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोखेका थिए ।
तपाइँको प्रतिक्रिया