पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक खुल्न अझै चार घण्टा लाग्ने

चितवन – पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड सुचारु हुन अझै चार घण्टा लाग्ने भएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध छ । सडक डिभिजनसँग समन्वयको अहिले पहिरो पन्छाउने काम भइरगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ठूलो पहिरो खसेकोले हटाउन अझै करिब चार घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
वर्षाका कारण आज बिहान करिब ५ः५० बजे केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो ।
साँघुरो मौरी पुल खोलाको ग्राभेलले भरिएपछि खोला सडकभन्दा माथिबाट बगेको छ । वर्षा हुने बित्तिकै उक्त स्थानमा खस्ने पहिरोका कारण यात्रुले सास्ती भोग्दै आएका छन् ।
तपाइँको प्रतिक्रिया