सगुन सहकारीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

एटुजेड समाचार

भरतपुर – नारायणगढको वेलचोक स्थित सगुन बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनामा तीज पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सहकरीको १४ औं स्थापना दिवसको अवसरमा हिन्दु नारीहरुको महान् पर्व तीजको दिन आयोजित उक्त कार्यक्रममा शेयर सदस्यहरुले तीजको गित गाएर रमाईलो गरेका थिए । सहकारीका अध्यक्ष मञ्जु भट्ट पाण्डेको अध्यक्षतामा सस्थाको कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारी प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी अधिकारीले तीज हिन्दु महिलाहरुको महान् पर्व भएकाले यसको सास्कृतिक महत्वको संरक्षण गर्ने दायित्व पनि महिलाकै भएको वताउँदै तीजलाई मर्यादित वनाउन आग्रह गर्नु भयो । अर्को प्रसंगमा कुरा गर्दै प्रमुख अतिथी अधिकारीले सहकारीले सदस्यहरुलाई बचत गर्ने वानीको विकास गरि आर्थिक रुपमा आत्मनिर्भर वनाउन जोड दिनुपर्ने वताउनु भयो ।

संचालक समितिका सहसचिव एवं कार्यवाहक सचिव रामकृष्ण अर्यालले संचालन गर्नु भएको उक्त कार्यक्रममा भरपतुर ३ का वडा सदस्य माधव अर्याल, सहकारीका सस्थापक अध्यक्ष चुडामणी पौडेल, निवर्तमान अध्यक्ष तोयानाथ चालिसेलगातयतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सोहि कार्यक्रममा ६० जना नयाँ शेयर सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न समुहमा उपस्थित महिलाहरुले तीज गित र नाच प्रस्तुत गरेका थिए ।

सल्लाहकारहरु खेम भट्ट, चन्द्रमित्र पण्डित, वामदेव खनाल, बोदनाथ गौतम, लेखा समितिका संयोजक प्रेम प्रसाद पौडेललगायत, सहकारीका संचालक समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्य, व्यवस्थापक एवं कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सहकारीका अध्यक्ष पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कोषाध्यक्ष एवं कार्यक्रम संयोजक गंगादेवी भट्टराईले धन्यबाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू