राज्यमन्त्री उमेश श्रेष्ठले चितवन-२ बाट चुनाव लड्न पार्टीमा आवेदन दिए

चितवन – राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं.२ मा प्रत्यक्षबाट उम्मेदवार बन्न पार्टीमा आवेदन दर्ता गराएका छन् । मंगलबार चितवन निर्वाचन क्षेत्र नं. १ मा नाम दर्ता गराएका श्रेष्ठले क्षेत्र नं. २ मा आज (वुधबार) दिउँसो नाम दर्ता गराएको कांग्रेस क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिए ।
राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आएका थिए । दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजेका हुन् ।
तपाइँको प्रतिक्रिया