तोलामा ८०० ले घट्यो सुनको मूल्य

एटुजेड समाचार

काठमाडौं  – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोको तुलनामा भाउ घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको महासंघले जनाएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८०० र तेजाबी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ११ सय ३० रुपैयाँ कायम छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा ११ सय ४५ रुपैयाँ थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू