भरतपुरमा तिज बिशेष कार्यक्रम, भड्किलो हुने गरि तिज नमनाउन उपप्रमुख अधिकारीको आग्रह

भरतपुर – आज हरितालिका तिज । नेपाली हिन्दु महिलाहरुले निकै हर्सोल्लासका साथ यस पटकको तिज मनाइ रहेका छन् । चितवन जिल्लामा एक हप्ता अगाडी देखि नै तिजका कार्यक्रमहरु हुँदै आइरहेका छन् ।
त्यसो त जिल्लाको एक मात्र महानगरपालिका भरतपुर महानगरपालिकामा पनि आठ दस दिन अघि देखि नै तिज गित प्रतियोगिताहरु भइ रहेका छन । महिलाका लागि यो हरितालिका तिजको व्रत सबैभन्दा उत्तम मानिन्छ।
यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ। विवाहित महिलाले आफ्ना पतिको दीर्घायु र सौभाग्यका लागि पनि व्रत बस्छन् भने अविवाहित महिलाले आफूले चिताए जस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्छन्। मगलबार भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी भरतपुरका विभिन्न वडाहरुमा आयोजना गरिएका तिज गित प्रतियोगिताहरुमा सहभागी हुनुभयो ।
भरतपुर २६ ज्योतिनगरमा रहेको कालिका मन्दिरले मगलबार अन्तर टोल बिकास सस्था तिज गित प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ । त्यस्तै भरतपुर महानगरपालिका वडा न २१ ले हरितालिका तिजको अवसरमा आयोजित तिज बिशेश कार्यक्रम २०७९ तिज गित तथा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम गरेको छ । दुबै कार्यक्रमको प्रमुख अतिथिको रुपम उप प्रमुख अधिकारी रहनु भएको थियोे ।
कालिका मन्दिरले आयोजना गरेको कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले नारी स्वतन्त्रताको पर्बको रुपमा रहेको तिजलाइ भड्किलो हुने गरि मनाउन नहुने बताउनु भयो । केही बर्ष यताका तिज कार्यक्रमहरु निकै भड्किलो तरिकाले सन्चालन हुँदै आएका भन्दै उप प्रमुख अधिकारीले भड्किलो चाडलाइ नियन्त्रण गर्नु पर्ने अवस्था आएको समेत प्रष्ट पार्नुभयो ।
कालिका मन्दिरको भवन निर्माणका लागि महानगरको सहयोग रहनेमा पनि प्रतिबद्धता जनाउनु भएको छ । त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २१ ले आयोजना गरेको हरितालिका तिजको अवसरमा आयोजित तिज बिशेश कार्यक्रम २०७९ तिज गित तथा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले समाजलाइ सन्देश दिने खालको तिज पर्व मनाउन सबै नारिहरुमा आग्रह गर्नुभयो ।
अरुको देखासिकी नगरी समाजलाइ परिवर्तन गर्ने खालको तिज मनाउनु पर्छ उहाँले भन्नू भयो,बिकृती र बिसगतिलाइ पछि पार्दै सस्कृती र परम्पराको जगेर्ना हुने गरि तिज मनाउनु पर्ने आजको आबस्यकता रहेको समेत उप प्रमुख अधिकारीले औल्याउनु भयो । तिजले कर्म घर र जन्म घरको बिचको सम्बन्धलाई स्थापित गरेको छ उहाँले भन्नू भयो।
तपाइँको प्रतिक्रिया