चितवन क्षेत्र नं १ मा कांग्रेसका ६ आकांक्षी: राज्यमन्त्रीदेखि स्वर्णीम वाग्लेसम्म

चितवन – मंसिर ४ मा हुने आम निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं १ प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट ६ जनाले नाम दर्ता गराएका छन् ।
क्षेत्रीय समितिले इच्छुक उम्मेदवारहरुलाई नाम दर्ता गराउन आह्वान गरेपछि चितवन १ बाट ६ जनाको नाम दर्ता भएको हो । नाम दर्ता गराउनहरुमा स्वास्थ्य राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्षदेखि अर्थविदसम्म रहेका छन् ।
क्षेत्रीय सभापति किरण भुषण सिंह ओलीका अनुसार प्रत्यक्षतर्फ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नाम दर्ता गराएका छन् । उनीसँगै राष्ट्रिय योजना आयोगका वर्तमान उपाध्यक्ष डा.विश्वनाथ पोडेल, राजेन्द्र प्रसाद बुर्लाकोटी, पूर्व उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले समेत नाम दर्ता गराएको सिंहले जानकारी दिए ।
बुर्लाकोटी यस अघि दुई पटक पराजित भएका थिए । उनी २०७० र २०७४ को निर्वाचनमा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेसंग पराजित भएका थिए । त्यस्तै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा.तिर्थराज खनियाँ र भिमप्रसाद थपलियाले नाम दर्ता गराएका छन् ।
समानुपातिकतर्फ ८ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेहरुमा पूर्वमन्त्री सावित्री बोगटी पाठक, पूर्व सांसद सावित्रीदेवी चौधरी, जोखाप्रसाद चौधरी, शुशीलादेवी उप्रेती, बासुदेव चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापा रहेका छन् ।
तपाइँको प्रतिक्रिया