चार्डपर्वमा विशेष सुरक्षा अपनाउन भरतपुर महनगर ७ ले गर्यो टोलबासीमा अपिल

भरतपुर – भरतपुर महानगरपालिका वडा नम्बर ७ ले चार्डपर्वमा विशेष सुरक्षा अपनाउन अनुरोध गरेको छ । आज (मंगलवार) भरतपुर ७ र अस्थायी प्रहरी बिट कृष्णपुरको संयुक्त आयोजनामा दसैं तिहारमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विशेष सुरक्षा अपनाउन अनुरोध गरेको हो ।
भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्र मणी काफ्ले र सुरक्षा संयोजक मिन बहादुर गुरुङले सुचना जारी गर्दै वडाबासिहरुलाई घर बाहिर निष्कदा चावि राम्रो सग लगाएर निस्कन, रातको समयमा सार्वजनिक पोलमा बत्ती बाल्ने, विहान मरिङ्वाक तथा रातको समयमा हिंड्दा गरगहना नलगाई हिड्न, घर वरपर छिमेकमा शंकास्पद नौलो मान्छे देखेमा तुरुन्त प्रहरीलाई खबर गर्ने, सुन चाँदी गरगहना पैसा बैंक तथा वित्तिय संस्थामा राख्ने, मंदिरा बेचविखन गर्ने होटल रेस्तुरेन्ट रातको ९ बजे देखि बन्द गर्ने, घर वाट यात्रा गर्दा सामाजिक संजालमा फोटो पोष्ट नगर्न अनुरोध गरेको हो ।
तपाइँको प्रतिक्रिया