त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुखको रुलिङ

काठमाडौं – सभामुख अग्नि सापकोटाले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न रुलिङ गरेका छन् ।
आज (सोमबार) बसेको संसद बैठकको सुरुमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा सरकारको संरक्षणमा गुण्डागर्दी भएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि सभामुख सापकोटाले भने, ‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरुले विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनु भएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु ।’
तपाइँको प्रतिक्रिया