कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ
काठमाडौं – स्ट्याण्ड अप कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आज (आइतबार) पक्राउ गरेको हो ।
नेवा समुदायको आस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए। अभियन्ताहरू शनिबार नै परिसरमा पुगेर उनीमाथि कारबाही गर्न माग गरेका थिए।
युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडिओ हालेका थिए। जसले नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन्। उनले शनिबार नै माफी मागेका थिए।
तपाइँको प्रतिक्रिया