बुवाको मुख हेर्ने दिन ‘महापुरुष’ चलचित्रको ‘बा’ गीत सार्वजनिक (भिडियोसहित)

चितवन – चलचित्र ‘महापुरुष’को पहिलो गीत सार्वजनिक भएको छ । बुवाको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो ।नवराज पराजुलीको शब्द रहेको गीतले बाबु र छोराबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ । गीतमा रिदम कँडेलको संगीत र स्वर छ ।
गीतको भिडियोमा हरिवंशका साथै रविन्द्र सिँह बानियाँ र अरुण क्षेत्री फिचर्ड छन् । हरिवंश र अरुण बुवाछोराको भूमिकामा छन् ।सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् ।कात्तिक ११ देखि प्रदर्शनमा आउने चलचित्रमा मदनकृष्ण, हरिवंश आचार्य, रविन्द्र सिँह बानिया, अरुण क्षेत्री, गौरी मल्ल, राजाराम पौडेललगायतको अभिनय छ ।
तपाइँको प्रतिक्रिया