चितवनको खैरहनीमा ठेला र घुम्ती व्यवसाय हटाउन सात दिने अल्टिमेटम

चितवन – चितवनको खैरहनी नगरपालिकाले ठेला र घुम्ती व्यवसाय हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै नगर भित्रका बिभिन्न क्षेत्रमा रहेका ठेला तथा घुम्ती सवारी साधन मार्फत अवैधानिक तरिकाले सञ्चालित हटाउन सातको म्याद दिएको हो । सूचनामा खैरहनी ६,७ र ८ को बजार क्षेत्रबाट ठेला र घुम्ती व्यवसाय हटाउन भनिएको छ ।
व्यापक जनगुनासोपछि उपभोक्ता हित संरक्षण समितिको बैठकको निर्णय अनुसार सात दिनको म्याद दिईएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पुरुषोत्तम शर्माले बताए । म्याद भित्र हटाउन अटेर गर्नेलाई कारबाही हुने समेत उनले बताए ।
तपाइँको प्रतिक्रिया