भेटेरिनेरि अस्पताल चितवनको वार्षिक कार्यक्रम सार्वजनिकिकरण गोष्ठी सम्पन्न
चितवन – भेटेनरी अस्पताल चितवनको वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकिकरण गोष्ठी सम्पन्न भएको छ । आज (विहिबार) बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी बिकास मन्त्रालय भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवनको आयोजनामा आर्थिक बर्ष २०७९-०८० को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकिकरण गोष्ठी सम्पन्न भएको हो ।
कार्यालयले चालु आर्थिक वर्षका लागि प्रदेश सरकार बाट ९ करोड ५९ लाख ३४ हजार बजेट बिनियोजन भएको बताएको छ त्यो मध्य पुँजिगत तर्फ २० लाख ९० हजार रुपैया रहेको छ ।सार्वजनिकिकरण गोष्टी कार्यक्रममा बरिष्ठ पशु बिकास अधिकृत डा. शुसिल केसीले उक्त बजेट बिउ कोष परिचालन, पशु स्वास्थ्य शिविर, नाइट्रोजन खरिद ढुवानी, माछाको लागि कोल्ड रुम,मत्स्य पालन क्षेत्र बिस्तार, पन्गास ह्याचरी स्थापना, पशुपालनमा असल, दुध उत्पादन बृद्दी, खोप लजिस्टिक सहयोग, पशु आहारा आत्म निर्भर, औषधि खरिद सायन तथा टेस्ट किट जस्ता कार्यक्रममा खर्च गरिने समेत बताए ।
त्यस्तै संघीय कार्यक्रम प्रधानमंत्री आधुनिकरण परियोजना अन्तर्गत भैसी ब्लक कार्यक्रम, माडी नगरपलिका २ माडी भैसी बिकास स्रोतकेन्द्र र भैरबपुर कृषक समुहलाई ३० लाख, गाई ब्लक कार्यक्रम : खैरहनी ७ र १० महालक्ष्मी कृषक समुह र नन्दिनी दुध उत्पादक सहकारी सस्थालाई ३० लाख बजेट ल्याएको छ ।
मत्स्य उपकरण वितरणलाई ५ लाख, अनिशा कृषि तथा पशुपन्छी फर्म बाख्रा स्रोतकेन्द्र बिकास कार्यक्रम राप्ती ११ लागि ९ लाख ५० हजार बजेट ल्याएको छ ।
कार्यक्रममा बोल्दै चितवन जिल्ला दुग्ध उत्पादन संघ चितवनका सचिव किशोर वाग्लेले कृषकलाई नगद अनुदान भन्दा पनि सेवा अनुदान दिन आवश्यक रहेको बताए । उनले कृषक अनुदानका लागि बर्ग लक्षित नगरि अनुदान दिनुपर्ने बताउदै पशुहरु बिरामी हुदा तत्काल उपचारका लागि पशु एम्बुलेन्स आवश्यक रहेको बताए । वास्तविक कृषक भन्दा गैर कृषकहरुले अनुदान रकम लगेको भन्दै अनुदान रकमको प्रभावकारीताका लागि कृषक परिचयपत्र बनाउनु पर्ने समेत सुझाव दिएका थिए ।
बरिष्ठ पशु बिकास अधिकृत शुसिल केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपलिकाका आर्थिक बिकास समिती संयोजक ज्ञान प्रसाद खनाल रहेका थिए भने राप्ती नगरपालिका पशुपक्षी शाखाका प्रमुख शैलेन्द्र भन्डारी, कालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष लक्ष्मण पौडेल लगाएतले आफ्नो सुझाव सहितको धारणा राखेका थिए ।
तपाइँको प्रतिक्रिया