एपेक्स एकेडमीमा ब्लड डोनर्स सोसाइटीको रक्तदान सम्बन्धी सचेतनात्मक कार्यक्रम
चितवन – ब्लड डोनर्स सोसाईटि नेपाल,एपेक्स कमिटीको आयोजनामा रहेको भरतपुरमा एपेक्स एकेडमीमा रक्तदान सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ ।रक्तदानमा युवा जोड्ने अभियानमा ब्लड डोनर्स सोसाइटी लागीपरेको छ ।
कार्यक्रम प्रस्तोता बिनिता गौतमले रक्तदान महत्व र आवस्यकता सम्बन्धमा मल्टिमिडिया मार्फत जानकारी दिनुभएको थियो । उहाँले रक्तदान गर्नाले विद्यार्थीहरुलाई यस्को फाईदा र स्वास्थलाई निकै लाभ समेत जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै कलेजका पृन्सिपल पुरिले छिट्टै वडा एबम टोल बिकास सस्था सङ सहकार्य गरि कलेजमा रक्तदान कार्यक्रम गर्ने समेज जानकारी दिनुभयो । कार्यक्रमले विद्यार्थीहरुमा सामाजिक उत्तर दाहित्व समेत बड्ने र यस्ता कार्यक्रमले विद्यार्थीहरुमा जनचेतना जगाउने समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै महासचिव दवाडीले ट्राफिक सचेतना कार्यक्रम एबम घुम्ती रक्तदानमा सस्थाले कार्यक्रम गर्ने समेत जानकारी दिनु भयो ।
कार्यक्रममा कलेजका ब्यबस्थापन सन्कायएका प्रमुक एबम ब्लड डोनर्स सोसाइटी नेपालका सल्लाहकार हरि भट्टराई ब्लड डोनर्स सोसाइटीका अध्यक्ष अर्जुन अधिकारी , महासचिव अन्जन दवाडी , सदस्यहरु अमित सापकोटा , प्रवल केसि साथै महानगर युवा सन्जाल सम्योजक सन्देश वाग्ले, समाजसेवी एबम स्वास्थकर्मी सुरेन्द्र धिताल , ब्लड बैंक टेक्निसियन निराजन सिलवाल लगाएतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया