एभरेष्ट क्लब स्व विनिता पौडेल स्मृति फुटबलको दोस्रो चरणमा
चितवन – सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन भरतपुरमा जारी स्व. विनिता पौडेल स्मृति नाइन ए साइड फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ ।
आज (बुधबार) सम्पन्न खेलमा जित हात पार्दै एभरेष्टले दोस्रो चरणमा स्थान बनाएको हो । एभरेष्टले भरपुर २४ ट्रेनिङ सेन्टरलाई ५-० को फराकिलो अन्तरले पाखा लगायो । खेलको म्यान अफ दि म्याच एभरेष्टका मनिष आले मगर घोषित भए ।
प्रतियोगितामा बिहीबारबाट दोस्रो चरणका खेलहरु सुरु हुनेछ । दोस्रो चरणको पहिलो खेलमा दिउँसो ३:३० बजे चन्द्रनगर एफसी र पार्वतीपुर एफसी भिड्नेछन् । बिहीबार नै दिउँसो ४:३० बजे न्युज नेपाल एफसी र प्रेमबस्ती एफसी भिड्नेछन् ।
दिव्यज्योती एफसीको आयोजनामा जारी प्रतियोगितामा १४ गते सम्म चल्नेछ । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित ट्रफी र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बिभिन्न पाँच विधामा विधागत उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।
तपाइँको प्रतिक्रिया