चितवनमा मिटरव्याजीले बिचल्ली बनाएको भन्दै १६ उजुरी दर्ता
चितवन – गृहमन्त्रालयले मिटरव्याजबाट पीडितहरुको उजुरी संकलनका लागि स्थानीय प्रशासनलाई दिएको समय भित्र १६ वटा उजुरी परेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन । कार्यालयका नायव सुब्बा बिश्वास श्रेष्ठका अनुसार साउन २९ गते देखि भदौ ५ गते सम्म ती उजुरी परेका हुन । उजुरीको बारेमा जाँचबुझ भईरहेको उनले जानकारी दिए ।
मिटरव्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अफ्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरु माथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवार बिचल्ली भएको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन गरेको थियो । सोही निर्देशन अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले जानकारी दिए ।
तामाङका अनुसार प्रशासनमा परेका निवेदनका आधारमा सरोकारवाला दुबै पक्षलाई बोलाएर छलफल गरिने छ । छलफलमा सहमती नभए कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने बताए । कारवाहीका लागि प्रहरीकोमा पठाएसँगै गृहमन्त्रालयमा समेत सिफारीस गरिने उनले जानकारी दिए । उनले भने, ‘बैंकिङ कसुर र मुलुकी अपराध संहिता अनुसार मुद्धा चल्छ । चलन चल्तिको भन्दा बढि व्याज लिन नपाईने उनको भनाई छ ।
तपाइँको प्रतिक्रिया