काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा आठ सय ४८ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ६१९ जनाको स्वास्थ्य परिक्षण हुँदा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।


सोही अवधिमा पाँच सय २६ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।
देशभर हाल पाँच हजार २५९ सक्रिय संक्रमित छन् ।