चितवनमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच गाडी नियन्त्रणमा

एटुजेड समाचार

चितवन – चितवन प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

आज (मंगलबार) कालिका नगरपालिका ३ जुटपानीस्थित कयरखोलाबाट समान दुई-दुई वटा टिपर र ट्याक्टर तथा एक वटा एक्साभेटर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नियन्त्रणमा लिईएको सवारी साधनहरुमा प्र ३-०१-००३ क ७६७९ नम्बरको एक्साभेटर, ना ८ ख २५७१ र ना ८ ख ८५८८ नम्बरको टिपर तथा ना ७ त २६३२ र नम्बर प्लेट नखुलेको आईचर ट्याक्टर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट सादा पोसाकमा खटिएको प्रहरी निरीक्षक सुवास भट्ट सहितको टोलीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गरिरहेको अवस्थामा ति सवारी साधन नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका सवारी साधनलाई आवश्यक कारवाहीको लागि कालिका नगरपालिकाको कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु