ट्राफिक सचेतनासँगै सकियो जेसीज सप्ताह

एटुजेड समाचार

चितवन – जेसीज सप्ताह २०२२ सकिएको छ । नारायणगढ जेसीजले साताव्यापी कार्यक्रम गर्दै जेसीज सप्ताह समापन गरेको हो ।

जेसीज सप्ताहको अन्तिम दिन सोमबार ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको थियो । नारायणगढको पुलचोकस्थित जेसीज भवनमा भएको कार्यक्रममा सहभागीहरुलाई ट्राफिक नियम बारे सचेत गराईएको थियो ।

कार्यक्रमलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले सहजीकरण गरेका थिए । उनले सवारी चालकले ध्यान दिनुपर्ने कुरा, अपानाउनु पर्ने सावधानी, ट्राफिक नियमलगायतका बारे सहभागीहरुलाई सचेत गराएका थिए ।

समापन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवन र नारायणगढ जेसीजका पूर्वाध्यक्ष उत्तमलाल चुकेले जेसीज युवाहरुको क्षमता बिकास गर्ने संस्था भएको बताए । उनले जेसीजमा जोडिएका युवाहरु जुन सुकै समाज र व्यक्तिसँग सजिलै भिज्न सक्नुपर्ने बताए ।

संस्थालाई समय दिन सक्ने र हाँक्न सक्ने युवाहरु मात्रै जेसीजमा लाग्नुप्रने उनको भनाइ थियो । उनले नारायणगढ जेसीजबाट हालसम्म पनि राष्ट्रिय अध्यक्षमा कोही पुग्न नसकेको भन्दै सन् २०२५ को स्वर्ण जयन्ती मनाउँदै गर्दा नयाँ ईतिहास कोर्ने गरी अघि बढ्न सुझाव दिए ।

नारायणगढ जेसीजका अध्यक्ष अमृत श्रेष्ठले जेसीज सप्ताहले नेतृत्व र भातृत्व बिकासमा टेवा पुगेको विश्वास व्यक्त गरे । उनले जेसीज सप्ताह उत्साहका साथ सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे । यस्तै उनले नारायणगढ जेसीजले राष्ट्रिय अध्यक्ष दिने अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा जेसीज सप्ताह मूल संयोजक रविन्द्र श्रेष्ठसँगै विधागत कार्यक्रमका संयोजकलाई मायाको चिनो तथा फुटबलको विजेता नारायणगढ जेसीज र उपविजेता नेपाल खेलकुद पत्र मञ्च चितवनलाई पुरस्कार वितरण गरिएको थियो । नारायणगढ जेसीजका अध्यक्ष अमृत श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

जेसीज सप्ताहको अवसरमा नारायणगढ जेसीजले साताव्यापी कार्यक्रम गरेको थियो । २४ गते उद्घाटन तथा चेतना जागरण कार्यक्रम, २५ गते वक्तृत्वकला प्रतियोगिता, २६ गते इच्छाकामना गाउँपालिमा ४ कुरिनटारस्थित जेसीज गाउँका बालबालिकालाई शैक्षिक सामाग्री वितरण र २७ गते खेलकुद पत्रकार मञ्च चितवन र नारायणगढ जेसीजबीच मैत्रीपूर्ण फुटसल, २८ गते बैंकिङ तथा कर सम्बन्धी तालिम, २९ गते मानव सेवा आश्रममा वृद्धवृद्धालाई खाना खुवाउने कार्यक्रम गरिएको थियो । ३० गते ट्राफिक सचेतना कार्यक्रमसँगै जेसीज सप्ताह समापन भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु