काठमाडौं – राष्ट्रिय सभा सदस्य वामदेव गौतम मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चिन्ह लिएर उठ्ने भएका छन्।
आज (मंगलबार) बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।



२०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया-१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए।