चितवन – चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा बिहानै देखि पूजा गर्नको लागि भक्तजनहरुको भिड लागेको छ ।आज साउन महिनाको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको हो ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।


हिन्दू धर्म अनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिन्छ । साउन महिनाभर श्रद्धालुले चोखो गरी पूजा आराधना गरेर विशेषरूपमा मनाउने गर्छन् ।
यो समयमा महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने र व्रत बस्ने गर्छन् ।