आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुइँचो

एटुजेड समाचार

चितवन – आज साउन महिनाको अन्तिम सोमबार, चितवन लगाएत देशभरका शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ । त्यस्तै शिवालय मन्दिरहरुमा पनि बिहान देखि भक्तजनहरुको भिड लागेको छ ।

हिन्दू धर्म अनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिन्छ । साउन महिनाभर श्रद्धालुले चोखो गरी पूजा आराधना गरेर विशेषरूपमा मनाउने गर्छन् ।यो समयमा महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने र व्रत बस्ने गर्छन् ।

फाईल तस्विर

 

 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू