काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाटस्वदेश फर्किएका छन् । करिब तीन हप्ता बेलायतको निजी भ्रमण सम्पन्न गरी थापा आज स्वदेश फर्किएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।पार्टीको भोलि र पर्सि केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

