चितवन – चितवनको भरतपुरस्थित अत्याधुनिक सुविधासम्पन्न सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सव मनाएको छ ।
आज (आइतबार) एक कार्यक्रमकाबीच सिजी ल्याण्डमार्कको तेस्रो वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक राहुल चौधरीले चितवनबासीकै कारण सिजी ल्याण्डमार्कले सफलताका साथ तेस्रो वर्ष पुरा गरेको बताए ।



कोरोना महमारीका कारण देशभर महल बन्द हुने अवस्थामा पुग्दा समेत सिजी ल्याण्डमार्क पछि नहटी अघि बढेको उनको भनाइ थियो । सिजी ल्याण्डमार्कले वर्षौं वर्षसम्म यसरी नै सेवा दिइरहेने उनले बताए ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक (डिआइजीपी) सन्दिप भण्डारीले सिजी ल्याण्डमार्क जस्तो मलले बिकासमा सहयोग पुग्ने बताए । एकै ठाउँमा सबै सुविधा पाउने भएकोले यसको महत्त्व रहेको उनले बताए ।
राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले कोरोनाकालमा सिजी ल्याण्डमार्क बन्द हुने अवस्थामा पुगे पनि फेरि उठेको भन्दै खुशी व्यक्त गरे । कोरोनाको समयमा नै मलमा रहेका व्यवसायीहरुलाई भाडा छुट गरेर सिजी ल्याण्डमार्कले उदाहरणीय काम गरेको उनले बताए । कार्यक्रममा भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले सिजी ल्याण्डमार्कको सफलताको कामना गरे ।



सहर भित्रको सहरको रुपमा स्थापित सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई आकर्षक छुटको व्यवस्था समेत गरेको छ । ल्यान्डमार्क भित्र रहेका आउटलेटहरुमा छुटको व्यवस्था गरेको हो । मनसुन फेस्टिभ अफर अन्तर्गत आउटलेटहरुबाट बिभिन्न सामान खरिदमा आकर्षक छुट दिईने मलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल केसीले बताए ।
उनका अनुसार वार्षिकोत्सवमा ग्राहकहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिनेछ । सिजी ल्यान्डमार्कमा विश्वविख्यात ब्रान्डका आउटलेट, सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभा हल, गेम जोनलगायत रहेका छन् । किनमेलसँगै मनोरञ्जनका लागि सिजी ल्याण्डमार्क ग्राहकको रोजाईमा पर्ने गरेको छ ।